• मंसिर ७ २०८१, शुक्रबार

विरामीको साटो साइरन बजाएर अन्य यात्रु ओसार्ने एम्बुलेन्स कारवाहीमा

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ ।

रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो ।

प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो । भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिलोपटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छाडिएको छ ।

प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादरभन्दा सो भाडादर बढी हो । यात्रु बोकेको भन्ने सन्दर्भमा छानबिनको प्रक्रियामा रहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए ।

“उपचार गरेर फर्केका बिरामी नै लिएर आएको भन्नेछ तैपनि बिरामी बोक्ने एम्बुलेन्सले यात्रु नै बोकेको भए दोषीलाई कारबाही हुनेछ”, उनले भने । यो समाचार गोरखापत्र दैनिकमा छ ।