• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री देउवाद्वारा ‘सर्वजित’ चलचित्रको बालुवाटारमा शुभ मुहूर्त

जेष्ठ २१ २०७९, शनिबार

काठमाडौं । चलचित्र ‘सर्वजित’को प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा  आयोजित सिनेमाको शुभमुहूर्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री प्रेम आले, विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतका चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिकाबीच प्रधानमन्त्री देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् ।

दलितहरूको पहिलो संगठित आन्दोलनको  नेतृत्वकर्ता  भगत सर्वजीत विश्वकर्माको जीवनीमा चलचित्र ‘सर्वजीत’ को निर्माण गर्न लागिएको हो ।

प्रधानमन्त्री देउवाले सिनेमाको शुभमुहुर्त पछी चलचित्र   टिमलाई सफलताको शुभकामना दिए  । उनले   ‘यस किसिमको चलचित्र  निर्माण हुनुपर्नेमा जोड दिदै सरकारको तर्फबाट आवश्यक सहयोग रहने बताए ।   दलित महिला केन्द्रले निर्माण, दिनेश डिसीको  निर्देशन रहने   चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुनेछ । ‘पहिला यो डकुमेन्ट्री बनाउने भनेर म कहाँ आइपुगेको हो । मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई सिनेमामै ल्याउनु पर्छ भनेर जुटेका हौँ’ निर्देशक डिसीले बताए ।