काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ ।
बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । परिमार्जित मूल्यपश्चात पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्ने छ |
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।