• मंसिर ७ २०८१, शुक्रबार

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई हस्तान्तरण गरिँदै

जेष्ठ १९ २०७९, बिहीबार

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।