• मंसिर १४ २०८१, शुक्रबार

बजेट कार्यान्वयन हुँदैन कि भन्ने आशका नगर्नु : अर्थमन्त्री शर्मा

जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं । सरकारले बजेट कार्यान्वयन हुने दाबी गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा बजेट भाषण गरेर आर्थिक वर्षको बजेट सार्वजनिक गरेसंगै आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गरेका छन् ।

बजेट भनेको बहुआयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भने, “बजेट गाउँको बाटोमात्रै होइन, गाउँको रोजगारी हो । रोजगारीको विस्तार पनि हो । आयात निरुत्साहन पनि हो, निर्यात प्रवद्र्धन पनि हो भन्ने कोणका साथ प्रस्तुत भएका छौँ ।”