काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको आज (सोमबार) शपथग्रहण हुने भएको छ ।
कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर बालेनलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
मेयरले शपथ ग्रहण गरेलगत्तै मेयरले उपमेयर सुनितालाई र त्यसपछि वडाध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । कामपाका मेयर बालेन र उपप्रमुख सुनिताले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।