काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९/०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।
मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।
सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ ।