• फाल्गुन २६ २०८२, मंगलवार

‘पतिलाई कसरी मार्ने’ भनेर निवन्ध लेख्ने महिला पति हत्यामै दोषी ठहर भएपछि..

जेष्ठ १५ २०७९, आईतवार

एजेन्सी । अमेरिकामा पतिलाई कसरी मार्ने भनेर निबन्ध लेख्ने एक महिला आफ्नै पतिको हत्यामा दोषी ठहर भएकी छिन् ।

सन् २०१८ को जुन २ मा ड्यानिअल ब्रोफीको हत्या भएको थियो। प्रहरीका अनुसार उनलाई दुईपटक गाली हानिएको थियो। उनका विद्यार्थीहरुले उनको शव फेला पारेका थिए।

क्राम्पटन ब्रोफीले सन् २०११ मा पतिलाई कसरी मार्ने भन्ने विषयमा विभिन्न विकल्पसहितको निबन्ध लेखेकी थिइन् । अमेरिकाको ओरेगनस्थित पोस्टल्याण्ड सहरकी ७१ वर्षीया नान्सी क्राम्पटन ब्रोफी आफ्ना पति ड्यानिअल ब्रोफीको हत्यामा दोषी पाइएकी हुन्।