काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि (सोमबार) शपथग्रहण हुने भएको छ ।
कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।