• मंसिर १४ २०८१, शुक्रबार

भोलि दिउँसो ४ बजे बजेट भाषण सुरु हुने,सांसदहरु ३:४५ अघि संसद पुग्नुपर्ने

जेष्ठ १४ २०७९, शनिबार

काठमाडौं । आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो ।

संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ ।