काठमाडौं । अमेरिकाको टेक्सास स्कूलमा विद्यार्थीहरुमाथि भएको आक्रमणको अनुसन्धानमा संलग्न शीर्ष सुरक्षा अधिकारीले उभल्दे शहरको रोब इलिमेन्टरी स्कूलमा भएको आक्रमणको जवाफ दिन प्रहरीले गल्ती गरेको बताए ।
आक्रमणकारीले विद्यालयभित्र गोली चलाउँदा प्रहरीले तत्काल कक्षाकोठाभित्र पसेर रोक्न नसकेको उनले बताएका हुन् ।
मंगलबार भएको उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ बालबालिका र अधिकांश पाँचदेखि सात वर्षका थिए । शीर्ष प्रहरी अधिकारी स्टिभन म्याक्रोले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘यदि मलाई यो सहयोगी हुनेछ जस्तो लाग्छ भने म पक्कै माफी माग्छु ।’ उनले गोलाबारी भइरहेको कोठामा अफिसरहरू प्रवेश गर्न ढिलाइ गरेको स्वीकार गरे।
त्यही क्रममा कक्षामा उपस्थितहरूले बारम्बार फोन गरेर प्रहरीलाई भित्र आउन आग्रह गरिरहेका थिए । म्याक्रोले स्वीकार गरे कि प्रहरी कक्षाकोठामा प्रवेश गर्न रोब इलिमेन्टरी स्कूलमा आइपुगेको समय बीच ४० मिनेटको अन्तर थियो ।
अर्थात् विद्यालयमा आएको ४० मिनेटपछि प्रहरीले गोली चलिरहेको ठाउँमा प्रवेश गर्ने निर्णय गरेको थियो ।
घटनास्थलमा पुगेका वरिष्ठ प्रहरी अधिकारीहरूले विद्यालयको चौकीदारलाई चाबी ल्याउन पर्खिरहेका थिए । ‘कुनै बच्चा खतरामा छैन’ वा ‘आक्रमणकारीले सबैलाई मारेको छ’ भन्ने उनको अनुमान थियो ।