• मंसिर ८ २०८१, शनिबार

स्थानीय निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्र कांग्रेसको बैसाखी टेकेर संघीय निर्वाचनमा दोस्रो बन्ने रणनीति

जेष्ठ १४ २०७९, शनिबार

काठमाडौं । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ ।

वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा नेकपा (एमाले)भन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो । स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठक र छलफलमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससँग मिलेर जानुपर्ने भएकाले एमालेभन्दा ठूलो दलको रूपमा शक्ति आर्जन गर्नेगरी योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खुमलटारमा भेट्ने क्रममा पनि अहिलेको सत्ता गठबन्धन सफल भएको बताएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।