• मंसिर १४ २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको कर घटाउने तयारी, घट्ला त मूल्य ?

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो ।

अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय हुन भने बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए ।

हाल पेट्रोलमा नेपाल सरकारले ६३ हाराहारीमा कर उठाइरहेको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।