• बैशाख ६ २०८२, शनिबार

कोरियन भाषा परीक्षा यही जेठ १९ गते हुने(परीक्षा केन्द्रसहित)

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं ।  कोरियन भाषा परीक्षा यही जेठ १९ गते हुने भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रको लागि कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको हो ।

शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ ।

परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन बिहान ८ बजे, ९ बजेर ३० मिनेट र १२ बजे तोकिएको छ ।

सबै परीक्षार्थीको बायोमेट्रिक रजिस्टर भने ईपीएस कोरिया शाखा नजिकै रहेको म्युजिक सिटी हलमा हुने शाखाले जनाएको छ ।