• मंसिर ११ २०८१, मंगलवार

अब तपाईंहरु छुपुक्क बस्नुस्, खुरुक्क स्वतन्त्रलाई काम गर्न दिनुस् !

जेष्ठ १२ २०७९, बिहीबार

गणतन्त्र कंगोमा खाद्य संकट बढेको छ । विस्थापित देशबासीको संख्या पनि बढेको छ । भोकमरी र खाद्य संकट भोग्ने देशहरु धेरै छन् । मानव अधिकार हनन भएका, आक्रमणमा परेकाको समस्या  आफ्नै छ । युक्रेनबासी ८० लाख आन्तरिक रुपमा विस्थापित भए भने देश छोड्न बाध्य हुनेहरुको संख्या ६० लाख छ ।

राष्ट्र संघको उच्च आयुक्तको कार्यालयले जनाएको छ कि, अफगानिस्तान, बुर्किनाफासो, इथियोपिया, म्यान्मार, नाइजेरिया यस्तै संकटमा छन् । सुडानमा रहेका ४ करोड ५ लाख जनसंख्यामा १ करोड ८० लाखले खाद्य संकट भोगिरहेका छन् । अहिले, रुस युक्रेन युद्ध, आन्त्रिक द्धन्द, कृषि उत्पादनमा कमी धेरै कारणहरु रहेकाछन् । नेतृत्वको असक्षमताका कारण हुने गर्छन् यस्ता संकट ।

श्रीलंकाको आजको अवस्था आउनुअघि कागज किन्न पैसा अभाव भनिएको थियो । हाम्रो जनक शिक्षा सामग्री केन्द्रमा पुस्तक छपाइका लागि कागज नभएको खबर बाहिर भरखरै आएको छ । भृकुटी कारखानाबाट उत्पादित कागज हामी विदेश निर्यात समेत गथ्र्यौं । गोरखकाली टायर उम्दा थियो ।

हामीले त्यसलाई भस्मासुर शैलिमा निल्यौं । हामी आफैले, अहिले कागज भारतबाट कम आयो रे । उसैलाई पुगेन रे कागज, त्यसो त गहुँको निकासीमा पनि अस्थायी रोक लगाएको छ । रोक नलगाएको पेट्रोलियम पदार्थको मूल्य यहाँ चुनावपछि नै २ पल्ट ढाड सेकाइसकेको छ ।

अचाक्ली भएको छ, भारतमा अनुदान दिएर मूल्य घटाइएको छ । यहाँ लिटरमै ६० बढीको कर थोपरिएको छ तर हटाउने प्रयास भएको छैन । त्यसैले यहाँको राजनैतिक प्रणालीलाई लोकतन्त्र भन्नु नै बेकार छ । लोकतान्त्रिक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा छौं ।

हामी अहिले, व्यवस्था आयात भए जस्तै व्यवस्था बचाउन उडाउने इन्धन मात्रै होइन पूmल पनि आयात गर्छौं हामी । हामी भीकमङ्गा भइसकेका र्छां । जनता निराश छन् र स्वतन्त्र, बागी अन्य दलहरु अगाडि आउँदैछन् ।

प्रचलित प्रणाली भत्काउन पुनः आन्दोलनको सम्भावना कम छ तर बालेन्द्र जस्तै स्वतन्त्रबाट ब्यालेटबाटै परिवर्तनको सम्भावना रहेको छ । स्थानीय चुनावले दलहरुलाई थप्पड हानिसक्ता पनि दलहरु भन्दैछन्, यो कुनै समस्या नै होइन ।

एमालेको दम्भ दुई तिहाईको रज्गज् अहिले ६ वटा महानगर एमाले विहीन भएको छ । बौद्धिक समुदाय रहेको काठमाडौँ, जनकपुर, धनगढी, धरान मात्रै होइन जुम्ला, कालिकोट, दाङ, बर्दिबास, हुम्ला, डोल्पाका मतदाताहरुले पनि स्वतन्त्र उम्मेदवारहरुलाई विजय गराएका छन् । दलहरुप्रतिको वितृष्णा व्यापक रुपमा बढेको मात्रै होइन आम नागरिकहरु खुलेर रुन सकेका छैनन्, हाँस्न त परै जावस् ।

पहिले स्थानीय प्रतिनिधिहरुले पैसा, तलव लिँदैनथे, अहिले तलव, भत्ता मात्रै होइन पजेरो पनि लिएका छन् । डेनमार्ककी प्रधानमन्त्री साइकल चढेर कार्यालय जान्छिन् र त्यहाँ सुशासन छ, यहाँ जनताले घरबारी बेचेर कर तिर्नु पर्छ ।

राज्यको ढुकुटीमा हालिमुहाली छ नेताजीहरुको । घुस खानु भनेको राज्य विरोधी काम हो शत्रु हो भनेका थिए, राज्यनिर्माता पृथ्वीनारायण शाहले । अहिले राप्रपा भन्दैछ, ‘घुस खानु आमाको रगत खानु सरह हो’ ।

कसैले खिल्ली उडाएर यसलाई खसीको रगत सरह हो पनि भनेका छन् । काठमाडौँ लगायतका मूल सहरहरुमा दलको पकड नहुनु भनेको दलीय प्रणालीप्रतिको मोह नहुनु हो त्यसैले अब स्वतन्त्र र राप्रपा जस्ता चुनाव जितेका प्रतिनिधिहरुले साइकल चढ्ने, बढीमा देशको हालत हेर्दा मोटर साइकलभन्दा माथि जानु हुन्न र  आफूले  पाउने सुविधा पूरै कटौती गर्नु पर्छ ।

भएका सवारी साधनहरुलाई अब तेल छैन, धेरै महँगो भएकाले गाडी सबै लिलाम गरी आएको रकमले जनताको कर मिनाहामा लगाउनु पर्छ । सामान्य बैठक हल्का भत्ता बाहेकको सुविधा लिनु हुन्न, खादा र सजावटको खर्च पनि कटौती गरी जनताका लागि पानी, बत्तीको महसूल छूटतिर लाग्नु पर्छ । औषधिमूलो, स्वास्थ्यको अवस्था जरुरी एम्बुलेन्स, ढल पानीको व्यवस्थातिर लाग्नु पर्छ ।

हरेक काममा व्यापारिक रुपमा पैसा उठाइएको छ तिनलाई खारेज गरी नाम मात्रको शुल्क लिई र सकेसम्म निःशुल्क नै सेवा त्यो पनि छिटो छरितो रुपमा दिनु पर्छ । यो काम देखाउने बेला हो, प्रतिनिधिहरु पुरानो लयमा फर्कनु पर्छ ।

घाँटी हेरी हाड निल्नु पर्ने अवस्था छ, देश श्रीलंकाको संकटतिर गुज्रिसकेको अवस्था छ । भोकमरी, खाद्यसंकट हुने अवस्था छ । हरेकले अब कृषि कर्ममा लाग्नु पर्छ, दुई दिन बिदा पटक्कै दिनु हुन्न । भएका सार्वजनिक विदाहरुमा कटौती गनुपर्छ । दैलोको सरकार हप्तौँसम्म पनि बन्द हुन्छ कहीँ ? के अन्याय गरेको,  आफै  बन्द भए पछि शिक्षा, स्वास्थ्यका सेवा दिने कार्यालय कसरी खुल्छन् ।

दलहरुले सिण्डिकेट प्रणाली लागु गरे, गठजोड गरे तैपनि तिनका हातबाट हालका प्रतिनधिहरु यति धेरै मात्रामा फुत्कन सक्नु भनेको धेरै ठूलो कुरा हो । धरानमा एउटा भूइँ मान्छे आएछन् विचरा, हेर्दै नेपाली शैलीका । नेपालीपनका नेता भेटिन नसक्ने अवस्था छ अहिले । पिजा र पजेरोका मात्रै देख्नु परेको छ ।

झापामा गाईको बाच्छोसँग ओली पछारिएका छन् । बालकोटको मत पनि विजयी बन्न सकेन । डडेल्धुरामा प्रधानमन्त्रीले आफ्नो दललाई विजय गराउन सकेनन् । लुम्बिनीको दृश्य हेर्दा रानी जस्ती श्रीमतीले केही सिकाएकी रहिनछन् भन्ने स्पष्ट भयो । गर्ने नहुने अप्राकृतिक गठबन्धन र युक्रेनतिरको मतदान देउबाले गरे ।

कंग्रेसीहरुको मन पनि कुँडिएको छ । ‘इलाममा नेम्बाङ, झलनाथहरुको मत विजयी बनेको छैन । काठमाडौँको मेयरमा पाँचैदलको लगभग हार भएको छ । दमकमा राप्रपाले मेयर लिएको छ । सम्पूर्ण शक्ति लगाएर भरतपुर छोरीलाई दाइजो मिलेको छ ।

हाम्रो प्रणाली माथि ठूलो प्रश्न छ ।’ बाबुले  आफूले हालेको भोटको विजय पाएका छैनन् । मत गन्न यति धेरै समय किन लाग्यो ? कैलालीमा निलम्वित उम्मेदवार किन विजयी भए ? मत परिणाम घोषणा भएको ४ दिन पछि किन अर्को मतपेटिका भेटिन्छ ? रुुकुममा ५ गते नै पदबहाली कसरी गरियो ?

भीमसेन थापा गाउँपालिकामा  आफैले हालेको एक भोट गिन्तीमै आएन किन ? चुनावमा गोली चल्नु पर्ने, मतपेटिका लुटिनु पर्ने, आगजनी, तोडफोड हुनु पर्ने, उम्मेदवारको रामधुलाई हुने गरी तनहुँमा आफ्नैले किन त्यस्तो गर्नु पर्ने, राजनीति बढी रसिलो भएर त हो । स्थानीय चुनावमा केन्द्रले यतिविधि मरिहत्ते किन गरेको ? महँगी घटाउनुको साटो बढेको किन ?

भारतमा मूल्य घटाउँदा इन्धनको यहाँ किन बढेको ? चीनमा १० प्रतिशत आर्थिक वृद्धि हुने, भारतमा ८ प्रतिशत बढी हुने यहाँ मात्रै विदेशी ऋणले किचिनु किन पर्ने ? व्यापारघाटा यहिँ बजेटभन्दा बढी किन हुनु पर्ने ? सर्प पाल्न किन पैसा संस्थाहरु खोलेर मरेपछि पनि किन पालिरहनु पर्ने ?

भए भरको सुरक्षाको ताँती र गाडी इन्धन नेतालाई किन ? देशबाट भोक रोग र शोक किन नहटेको ? जनता युवाहरु किन बेचिएर विदेसिनु परेको ? ८ वर्षपछिका यौन काण्डहरु किन यतिबेला देखा पर्छन् ? समाजको संस्कृति किन यतिविधि निष्ठुरी रुपमा देखिएको ? वृद्धभत्तामा किन काखापाखा गरेको ?

कसैले ६० वर्षमै पाउने कसैलाई ७० पुग्नु पर्ने ? ७० पुगेकाले न अफिस गएर कागजपत्र मिलाउन सक्छन्, न बैंकमा आफै गएर भूक्तानी लिन सक्छन् केही बाहेकले । कति त अभिलेखीकरणमै छैनन् । कतिपय बैंंकमा जान नसकेर पैसा ल्याप्स भएको अवस्था छ ।

दिन मन भए होलसेलमै सबैलाई ६० वर्षमै दिए भैहाल्यो । कमसे कम तिनले प्रयोग गर्न सकून् । हाल दिइएको भनिएको ६० वर्षे कार्डमा परिवहनले छूट दिन मान्दैनन् । कुनै कुनैले दिन्छन्, त्यो पनि जम्म ५ रुपैयाँ, लामो रुटमा दिएकै छैनन् ।

कसले हेर्ने कहाँ छ राज्य बा अभिभावक ? दैनिक दसौँ मान्छे सवारी दूर्घटनाबाट मरेका छन् किन यस्तो लापरबाही ? भन्ने लोकतन्त्र, हुने लोभतन्त्र र छाडातन्त्र । छोरी, बुहारी, नाताकुटुम्ब मात्रै हुनु पर्ने सुखी बाँकीले मरिरहनु पर्ने हो लोकतन्त्रमा ? यो पीडाले होला सायद दलको दलदलबाट मुक्ति चाहेको छ देशले र स्वतन्त्र र बालेन्द्रहरु अगाडि आएका छन् ।

जनता बुभ्mने भइसकेका छन्, या त अब दलहरु सच्चिएर क्षमा माग्नु पर्छ । विगतको या स्वतन्त्र आउनेहरुप्रति गिद्दे आँखा नलगाएर तिनलाई देशको जिम्मा दिनुपर्छ । कोठामा ग्याँस छैन, खाने तेल छैन, धारामा पानी छैन, बिल मात्रै छ, फोहोर २ महिनामा एकपल्ट मुस्किलले उठ्छ पैसा तिरी नसक्नु छ । कहाँ जान्छ बजेट ? सेवा दिन नसकेर विदा दिने ?

जनजीविकाको विषयमा अग्रसर हुनु नपर्ने ?  आफ्नालाई  राष्ट्रपतिमा राखियो । कार्पेट, महँगा हेलिकप्टर र शौचालय, जनताको स्तर केछ, कति छन् गणतन्त्रमा राजा महाराजाहरु, तिनलाई जनताले कसरी पाल्ने हो राज्य ढुकुटी दोहन मात्रै भएको छ, पानी, बत्तीको यति धेरै शुल्क किन ? जग्गा, घरघडेरीको यति धेरै शुल्क किन ? इन्धनमा लिएको कर किन नहटाएको, सरकार केवल व्यापारी भएर कसरी हुन्छ, उत्पादन खोइ ?

विलासी जीवन किन ?  आफ्नो उत्पादन नभएपछि साइकल चढे हुँदैन अथवा थोरै बाटो पैदल हिँड्नु हुन्न ? आयात प्रतिस्थापन गर्ने कि राजाका पालाका स्थापित अहिले विस्थापित भइसक्दा पनि काठमाडौँको साँचो उनलाई नै दिन किन खोजेको ? के गणेशमानको विरासत बाँकी छ र अहिले सिर्जना उम्मेदवार उठाउन ?

जनताले पनि हेर्छन् नि ।  आफ्नो आँखाले मात्रै हेरेर भएन नि । भएभरका आदर्शहरु संविधानमा लेखाउने काम भने भएको तर काम भने सुको नहुने । न रोजगारी छ, न गरिवी निवारण छ, न उपभोक्ताका हकहित छन्, न समाज आदर्श निर्माण भएको छ । सधैँको खबर या त बलात्कार, चोरी, उपद्रव, हिंसा, दूर्घटना यसरी समाज कसरी चल्छ कसरी, केवल विदेशीलाई मात्र रिझाएर ?