काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा पनि त्यसको असर पर्ने देखिएको छ । भारत नेपालका लागि चिनीको प्रमुख निर्यातकर्ता मुलुक हो ।
भारत सरकारले जुन १ देखि अक्टोबर ३१ सम्म चिनी विदेशमा बिक्री गर्न व्यापारीहरुलाई अनुमति लिन भनेको छ । यस कदमले मुख्यतया आन्तरिक बजारमा मिठाईको उपलब्धता सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न खोजेको बताइएको छ ।
चिनीको मूल्यबृद्धिसँगै त्यसको असर नेपालको बजारमा पनि त्यसको असर पर्ने देखिन्छ । मिठाइ लगायतका सामग्रीमा यसको प्रभाव पर्ने देखिन्छ । छ वर्षमा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो ।