• फाल्गुन २६ २०८२, मंगलवार

डब्ल्यूएचओको महानिर्देशकमा पुन: डा. गेब्रेयसस निर्वाचित

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डा ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन् ।

उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी ५ वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुन: अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् । गेब्रेयसस एक्लो उम्मेदवार थिए ।