• मंसिर ७ २०८१, शुक्रबार

पठाउने व्यक्तिले थाहा नपाउने गरी यसरी पढ्नुहोस् फेसबुक मेसेज

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । तपाईले पठाउनु भएको फेसबुक मेसेज पढ्यो कि पढेन भनेर थाहा पाउन म्यासेन्जरमा seen देखाएपछि पत्ता लाग्छ । तर फेसबुक म्यासेन्जर प्रयोग गर्न विभिन्न ट्रिक्स छन् ।

धेरैलाई यो कुरा थाहा नहुन सक्छ । तपाईंले त्यस्ता मेसेज पढे/नपढेको कुरा पठाउने मान्छेलाई थाहा हुन्छ । आज हामी तपाईंलाई नयाँ कुरा सिकाउँदै छौं । अरूले पठाएकाे मेसेज थाहा नहुनेगरी अर्थात् ‘सिन’ नहुनेगरी हेर्न सकिन्छ ।

त्यसको लागि आफ्नो ब्राउजरमा अनसिन मेसेज फर फेसबुक (Unseen message for facebook) भन्ने एक्स्टेन्सन डाउनलोड गरेर ‘इनेबल’ गर्नुहोस् ।

 

एक्स्टेन्सनले फेसबुक मेसेज हेरेपछि ‘seen’ देखाउने स्क्रिप्टलाई ब्लक गर्छ । यो एक्स्टेन्सनले फेसबुक वेबमा मात्र काम गर्छ । तपाईंलाई आएको मेसेज मेसेन्जरबाट हेर्नुभयो भने ‘सिन’ देखाउँछ । इनेबल गरेपछि यसले सोझै फेसबुकको मेसेज ‘सिन’ हुने स्क्रिप्टलाई डिसेबल गर्छ, जसकारण मेसेज हेर्दा पनि ‘सिन’ देखाउँदैन।