• फाल्गुन २६ २०८२, मंगलवार

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सूचना जारी

जेष्ठ ८ २०७९, आईतवार

एजेन्सी । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन ।

यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ ।

उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैनन् । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।