काठमाडौँ। भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ । शुक्रबार (हिजो) दिउँसो तीव्र गतिमा चलेको हावाहुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी जनाएको छ ।
हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको समाचारमा जनाइएको छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका , रुख ढल्दा घर भत्किएकार सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ ।
बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितलाई राहत र उद्धारको लागि निर्देशन दिएका छन् ।