• मंसिर ७ २०८१, शुक्रबार

स्मार्टच्वाईस र फर्स्ट पेबिच अन्तरआवद्धता सम्झौता

जेष्ठ ६ २०७९, शुक्रबार

जेष्ठ ५, २०७९ काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड  र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त  फर्स्ट पे  टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआरवीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र  फर्स्ट  पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको होे ।

नेपाल राष्ट्र बैंकद्घारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

बिगत २० वर्षदेखि कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आवद्ध भुक्तानी संयन्त्रमार्फत् कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको  फर्स्ट पे टेक्नोलोजिजबिच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्यात  फर्स्ट पे क्यूआरको सुविधा लिएका बिभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एपमार्फत् ग्राहकहरुले सहज र सुरक्षित रुपमा   गर्न भुक्तानी सक्छन् भने स्मार्ट क्यूआर मार्फत् भुक्तानी लिंदै आएका व्यापार–व्यवसायले  फर्स्ट पे नेटवर्कमा आवद्ध ग्राहकहरु मार्फत् पनि भुक्तानी लिन मिल्ने भएको छ ।