नयाँदिल्ली । भारतको पञ्जाबमा कांग्रेसका पूर्वप्रधान नवजोत सिंह ‘सिद्ध’ अब जेल जानुपर्ने भएको छ । सर्वोच्च अदालतले क्युरेटिभ पिटिशनलाई तत्काल सुनुवाई गर्न अस्वीकार गरेको छ ।
सिद्धले अब अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ नभए उनलाई पञ्जाब प्रहरीले पक्राउ गर्नेछ ।
यसअघि उनका वकिल अभिषेक मनु सिंघवीको पिटिशनमा जस्टिस एएम आनविलकरले आफूहरुले मामलालाई प्रधान न्यायाधीशसमक्ष पेश गरिरहेको र यसमाथि सुनुवाई गरेर निर्णय गर्ने जानकारी दिएका थिए ।
सिद्धले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका थिए । अकाली नेताले भने, ‘हिजो हात्तीमा चढेका थिए, आज स्वास्थ्य खराब भयो’ ।