• मंसिर १४ २०८१, शुक्रबार

बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरको खरिददर १२३.८१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैगरी, आज एक यूरोको बिक्रीदर १३१.०६ रुपैयाँ र खरिददर १३०.४३ रुपैयाँ छ ।