• असार १८ २०८१, सोमबार

मैत्री गाथा

जेष्ठ ४ २०७९, बुधबार

मैत्री धर्म उसमा पनि पलाएर आवस्
अकुशल चित्त उसको बगाएर जावस्
मैले जस्तै सुख, शान्ति उसले पनि पावस्
थोरै बोल्ने धेरै सुन्ने बानी उसमा आवस् ।

कुशल चित्त उसमा पनि पलाएर आवस्
गरीब, दुःखी, असाहयले साथ उसको पावस्
अकुशल सबै कर्म हट्दै उसको जावस्
कुशल चित्त उत्पन्न भै सुख उसले पावस् ।

दुई दिनका पाउना हामी भन्ने थाहा पावस्
जन्मेपछि मर्नु पर्छ भन्ने ज्ञान आवस्
मंगल् धर्म बुझ्ने चित्त पलाएर आवस्
सुख पनि छाँया जस्तै पछिपछि आवस् ।

मुक्तिदाता छैन कोही भन्ने ज्ञान आवस्
आफ्नो मालिक आफै नै हो भन्ने थाहा पावस्
कर्म बिपाक भोग्नु पर्छ भन्ने चेत आवस्
सबै धर्म अनित्य छ भन्ने ज्ञान पावस् ।

मैत्री धर्म उसमा पनि पलाएर आवस्
अकुशल चित्त उसको बगाएर जावस्
मैले जस्तै सुखशान्ति उसले पनि पावस् ।
थोरै बोल्ने धेरै सुन्ने बानी उसमा आवस्