काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह पाँच हजार मत नजिक पुगेका छन् ।
सातवटा वडाको मतगणना जारी रहँदा शाहले ४ हजार ९०५ मत प्राप्त गरेका छन् । बालेनले १ नम्बर वडामा ७८३, दुई नम्बर वडामा ९११, तीन नम्बरमा ७५७, चार नम्बरमा ९९३, पाँच नम्बरमा ९८, ३१ नम्बरमा २६७ र ३२ नम्बर वडामा १ हजार ९६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ६१४ मत प्राप्त गरेका छन् । स्थापितले वडा नम्बर एकमा ३६५, दुईमा ५७०, तीनमा ४१५, चारमा ४७२, पाँचमा ८०, ३१ मा १९१ र ३२ मा ५२१ मत प्राप्त गरेका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उममेदवार सिर्जना सिंहले २ हजार ३१५ मत पाएकी छन् । सिंहले एक नम्बर वडामा ४५१, दुईमा ३७२, तीनमा ३७५, चारमा ४२०, पाँचमा ६१, ३१ मा १९२ र ३२ बाट ४४४ मत पाएकी छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।