• मंसिर ८ २०८१, शनिबार

निर्वाचन आयोगको आलोचना : पूर्वतयारीको अभावले मतगणनामा ढिलाइ, मतपरिणाम आउन एक साता लाग्ने

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनपछि मतगणना तयारीलाई व्यवस्थित र छिटोछरितो गर्न नसक्दा गणना कछुवा गतिमा भइरहेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै मतदाता भएको काठमाडौं महानगरपालिकाको मत गन्न १४ दिन लागेको थियो । अघिल्लो निर्वाचनबाट पाठ सिकेर आयोगले मतगणना व्यवस्थित नगरी पुरानै शैलीलाई पछ्याउँदा निर्वाचन परिणाम आउन दुई साता लाग्ने देखिएको छ ।

निर्वाचन सकिएको दिन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र देशभरको नतिजा आइसक्ने दाबीसहित घोषणा गरेका थिए । आयोगले एक साताभित्र नतिजा दिने दाबी गरे पनि मतगणनाको शैली र परिणाम हेर्दा यसपटक पनि दुई साता लाग्ने देखिएको छ ।

आयोगले जेठ ५ गतेसम्म गणना सकेर नतिजा दिने घोषणा गरे पनि ढिलो हुने उनले स्वीकार गरे । मतदाता र मतदानलाई हेरेर आयोगले छिटो गणना सक्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई स्रोतसाधन उपलब्ध गराएको सचिव दवाडीले बताए । ‘सम्बन्धित निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ,’ उनले भने । यो समाचार नागरिक दैनिकमा छ ।