काठमाडौं । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन र ठूलो मतपत्र हुनाले मतदाता अलमलमा परेको पाइएको छ ।
कतिपयले उम्मेदवार नै नभएका चिह्नमा र कतिपयले प्रमुखरउपप्रमुखमा दुईभन्दा धेरैमा मत दिएका छन् भने केहीले औंठाछाप लगाएका कारण मत बदर भएका छन् ।
गठबन्धन नभएको र राजनीतिक दल तथा उम्मेदवारले मतदाता शिक्षा दिएको क्षेत्रबाट भने मत बदर कम भएको देखिएको छ ।
एक गणकका अनुसार गठबन्धनका कारण मत बदर बढी भएको पाइएको छ । यहाँ प्रमुखमा रुख र उपप्रमुखमा छाता चिह्न भएका दलबीच गठबन्धन भएको छ । तर केहीले सातै छाप रुखमा र छातामा लगाउँदा बढी मत बदर भएको हो ।
ती गणकका अनुसार यसपालि औंठाछाप लगाएर मत बदर न्यून छ । अघिल्लो निर्वाचनमा यहाँ खसेको मतको करिब २५ प्रतिशत बदर भएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।