• असार २५ २०८१, सोमबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सले ड्रेस मागे, भिसी र रजिष्टारले कानेखुसी गरे !

बैशाख ३१ २०७९, शनिबार

 घोराही, ३१ बैशाख ।

‘ड्रेस दिँदैन मैले कति समयसम्म पाएन’ रोष्ट्रमबाट अतिथि दिर्घातिर आशातित नजरले पुलुक्क हेर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका स्टाप नर्स झरणा भण्डारीले भन्नुभयो, ‘किन्न दिए आफ्नो ज्यान अनुसार मिलाउने थिइम् ।’

२०२औँ  अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइएको थियो । दायाँ तर्फ बस्नुभएका रजिष्टार प्रकाश थापा तर्फ मुन्टो फर्काएर उपकुलपति डाक्टर विकास लामिछानेले कानमै साउती गर्नुभयो । उहाँका कुरामा मुन्टो ढक्काउँदै थापा मुस्कुराउनु भयो ।

उहाँहरुले नर्सले पोषाक नपाएको विषयले गम्भिर हुनुहुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । स्थापनापछि पहिलो पटक नर्सिङ दिवस मनाउन बजेटको व्यवस्था गरेको भन्दै नयाँ नेतृत्वलाई नर्सहरुले धन्यवाद दिए । उनीहरुले समस्या राख्ने थलो पनि पहिलो पटक पाएको भन्दै खुसी व्यक्त गरे । माथि माथि पुगोस् भन्ने कामना गरे । पहिलाको भन्दा धेरै ट्रनिङ आएको महशुस भएको नर्स भण्डारीको भनाई थियो ।

‘डाक्टर ब्रेन हो भने नर्स मुटु हो’ उहाँले भन्नुभयो, हेण्ड टु हेण्ड मिलाएर काम गरौँ । उहाँले गुनासा कसैले नसुनिदिएकोले समस्यामा परेको बताउनुभयो । नर्सहरुले आफ्ना गुनासा नेतृत्वलाई सुनाउन सनौलो अवसरका रुपमा लिए । भरपुर उपयोग गर्दै हाम्रा कुरा सुनिदिन अनुरोध गछौँ भन्दै अर्को कार्यक्रम थाले । थेराप्युटिक कम्युनिकेशन तालिम शुरु गरे ।

मासिक दुई पटक सबै नर्सहरुलाई राखेर प्रशिक्षण चलाइने प्रोफेसर गीता बेल्वासे खनालको भनाई थियो । उहाँले नर्सहरुलाई आफ्ना कुरा राख्न फ्लोर ओपन गर्नुभयो । उहाँका अनुसार नरसिङ शिक्षा अन्तर्गत विभिन्न विषयमा महिनाको दुईपटक चलाइने छ ।

यहाँका नर्स छुच्चा छन् जाने होइन भन्ने वातावरण सेवाग्राहीमा आउनै नदिन प्रशिक्षीत गरिने बताउनु भयो । विरामीले दिने प्रतिकृया र उपचारका क्रममा हासिल गरेको अनुभव लेख्न नर्सहरुलाई आग्रह गर्नुभयो । विरामीको अवस्था हेरेर कुरा गर्न र आफूलाई शान्त राख्न सक्नुपर्ने उहाँको सुझाव थियो ।

नर्सले राम्रो सेवा दिएपछि विरामी धेरै हदसम्म सन्चो हुने धारणा राख्नु भएको थियो । अलिकति अपुग भयो नै माथिल्लो स्तरमा सिधै सम्पर्क राख्ने विरामीका आफन्त आउने गरेको नर्सहरुले सुनाए । सत्य तथ्य बुझेर मात्रै एक्सनमा आउन प्रतिष्ठान नेतृत्वलाई सचेत गराए ।

पहुँचवाला विरामीका आफन्तका कुरा सुनेर मात्रै डण्डा चलाउँदा अन्याएपर्न सक्ने सुझाव दिए । कतिपय बेला एउटा विरामीसँग दश बिसजना आउने र रक्सी खाएका पनि हुने नर्सहरुको धारणा थियो । दुखाईले छटपटिएका विरामीलाई कसरी शान्त पार्ने भन्ने बारे छलफल गरेका थिए ।

डाक्टर वा औषधिको बारेमा विरामीले प्रश्न गरे मलाई थाहै छैन भनेर नपन्छिन प्रशिक्षकको आग्रह थियो । विरामीलाई जति राम्रो केर गर्नुभयो त्यति राम्रो अस्पताल बन्ने भनाई थियो । प्रतिष्ठानकि नर्सिङ कोर्डिनेटर प्रोफेसर अम्बिका पौडेलको अध्यक्षता एवं प्रतिष्ठानका उपकुलपति डाक्टर विकास लामिछानेको प्रमुख आतिथ्यमा केक काटेर हर्ष उल्लासमय बनाइएको थियो ।

त्यसरी शुरु गरिएको कार्यक्रममा मन खोलेर नर्सहरुले झन् उमंगको महशुस गरे । यस अघिका उपकुलपति प्रा.डा संगिता भण्डारीको कार्यकालमा चुइँक्क बोल्न पनि पाएका थिएनन् । नर्सलाई सन्तुष्ट पारे जनगुनासो कम हुने र अस्पताल राम्रो छ भन्ने सन्देश फैलिने प्रोफेसर अम्बिका पौडेलको भनाई थियो । उहाँले नर्सले पाउने सुविधामा एकरुपता हुनुपर्ने, नर्सले पनि सेवामा कम्प्रमाईज गर्न नहुने र स्तरीय सेवामा प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।

‘नर्सहरु फुर्सदको बेलामा टिकटक चलाएर, फेसबुक खोलेर नबस्नुस्’ उहाँले भन्नुभयो, ‘स्तरीय सेवाका लागि खोज अनुसन्धान र छलफलमा लाग्नुस् ।’ उहाँले विरामीलाई प्रशस्त समय दिन, औषधि ननिल्दासम्म पर्खिन, विरामीले आफ्ना कुरा राख्दा सम्म सुन्न र उसले चाहेको खण्डमा आफ्नो परिचय तथा अस्पतालका सेवा सुविधाका जानकारी दिन आग्रह गर्नुभयो ।

उनीहरुका गुणासा सुन्न रेक्टर डा बसन्त लामिछाने, अस्पताल निर्देशक डा प्रज्ञासिंह बस्नेत लगाएत प्रतिष्ठानका उपल्ला अधिकारीहरुको उपस्थिति थियो । एक सय बढि नर्स कार्यरत संस्थामा ठुलो संख्यामा उपस्थिति थियो । उनिहरुलाई सम्वोधन गर्न भने दुईजना रोष्टम पुग्नुभयो । प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले नर्सका समस्याहरुलाई सिरियस्ली लिएको बताउनुभयो ।

‘बजेट थोरै आएर निल्नु न ओकल्नु भएको छ’ रजिष्टार थापाले भन्नुभयो, ‘यो समस्या आउदो कार्यकारी परिषद्को बैठकमा राख्छौँ ।’ उहाँका अनुसार सात लाख २० हजार पोषाकको वजेट आउँछ । करीब तिन सय स्टाप छ । कसलाई कसरी बाँड्ने भनेर समस्या पर्छ । ‘तपाईबाट स्तरीय सेवाको अपेक्षा गरेका छौँ’ उपकुलपति डाक्टर लामिछानेले भन्नुभयो, ‘श्रोत बढ्न सक्यो भने के सुविधा कति दिने भन्ने हामि सल्लाह गछौँ ।’

तिन महिना अघि आउनुभएका उपकुलपति लामिछानेले नर्सहरुको ठुलो संख्या हेरेर आश्चर्य व्यक्त गर्नुभएको थियो । हस्पिटल राम्रो नर्सले हुने उहाँको भनाई थियो । श्रोत हेरेर सेवा सुविधामा कन्जुसाई नगर्ने वाचा गर्नुभयो । उहाँले चिकित्सकको संख्या ठुलो, प्रविधी र सेवा सुविधा धेरै रहेको वताउनुभयो ।

सबैले स्तरीय सेवा दिने, पदाधिकारीले सबैका गुणासा सुन्ने र सम्बोधन गर्ने वातावरण बन्यो । त्यसले लेख्चरहरु प्रमिला शर्माले र सोविका केसी लगाएत पनि निकै खुशि देखिनु हुन्थ्यो । अघिल्ला भिसि प्रा डा भन्डारी भन्दा यसपटकका डा लामिछानेप्रति सिंगै परिवार सन्तुष्ट देखिन्छ । समस्या आयो नै समन्वय गर्ने कलामा डा लामि छाने अघि रहेको प्रतिकृया छ ।