• असार २५ २०८१, सोमबार

चुनावी सरगर्मीमा सुनसान बजार

बैशाख ३० २०७९, शुक्रबार

घोराही, २९ बैशाख
घोराही । उमेदवारी मनोनयनकै दिनदेखि घोराहीको एउटा टेलर सेन्टर बन्द रह्यो । उमेदवार बनेपछि पसल नखुलेको आसपासकाले जानकारी दिए । उहाँलाई करीब एक महिना स्थानीय चुनाव लाग्यो ।

मौन अवधि शुरु भएसँगै धेरै होटल तथा पसल बन्द गर्ने क्रम शुरु भयो । टाढाटाढा पुग्ने मतदाताहरु बन्द हुन सक्ने भयले हिंडे । उनीहरुले पनि एक हप्ता जति व्यवसाय खोल्दैनन् । स्थानीय सरकारका आफ्ना प्रतिनिधि छान्न उपयोग गर्छन् । पाँच वर्षे नेतृत्व छान्न एक साता बढिको घाटा व्यहोरेका छन् उनीहरुले । उनीहरु कोहि आफन्त जिताउन कोही पार्टीका लागि गएका छन् ।

मतदानको तिन दिन अघिदेखि नै घोराहीबजार सन्नाटा छाएको थियो । चिया पसलहरुमा पनि त्यति चाप देखिन्नथ्यो । धेरै जसोमा त एउटा ग्राहकपनि भेटिन्नथे । अरु व्यवसाय झन् सुनसान जस्तै लाग्थ्यो ।

दिउँसो साढे दुई बजे महरा एग्रोभेटमा चार पाँच जना ग्राहक झुम्मिएका थिए । दुई बजे आसपास राप्ती एजुकेशनल सेन्टरमा एक जना पनि थिएनन् । सञ्चालक रमेश गौतमले चुनाव लागेको प्रतिकृया दिनुभयो । जनता बुक स्टलमा चार जना र जनता एजुकेशनल हाउसमा दुई जना ग्राहकले कारोबार गरीरहेका थिए । अघिल्लो दिन भन्दा चाप घटेको रामभक्त गुप्ताको भनाई थियो ।

खाजा नास्ताको बेलामा बस्ने ठाउँ नपाइने चापको समयमा पनि घोराही डेरीमा एकजना ग्राहक भेटिएनन् । चुनावी चटारोकै कारण मानिसलाई चिया पिउने फुर्सद नभएको सहकारीका व्यवस्थापकको भनाई थियो । नियमित चिया पिउने ती व्यवस्थापकका अनुसार चहलपहल घटेको छ ।

मुख्य बजारमा सवारी साधन गुर्किएपनि पैदल यात्रुहरु न्यून थिए । ब्रेकरमा अनुशासितपूर्वक हिंडाउन संकेत गर्ने म्यादी प्रहरीको सिर्रसिर्र सिठए बुधबार सुनिएन । अरु दिनमा सिठि बजेको बज्यै हुनथ्यो । मानिसहरुका हुलले ब्रेकरमा हिड्न बिराउँथे । तर, विहीबार भने सुनसान जस्तै देखिन्थ्यो । एक दुई जना एक दुई जना हिंड्नेहरुले गर्दा प्रहरीको सिठीले पनि बिसाउन पायो ।

मदिरा पसलहरु प्रशासनले बन्द गर्न सूचना गरेको थियो । मदिराका डिलरहरु कुनैपनि खुलेनन् । खुलेपनि यसपटक व्यापार नभएको डिलर व्यवसायी भरतराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला चुनावहरु जस्तो यसपटक व्यापार गर्न सकिएन । मानिसहरु किनमेलमा आएनन् ।

यसैगरी तरकारी पसलमा पनि कारोबार भएन । चुनावको बेलामा झन् कम भएको व्यवसायी बताउँछन् । मासु व्यसायमा भने चहलपहल थियो । साँझ सबेरै मासुपसलहरु बन्द गरिन्छन् । एक व्यवसायीका अनुसार उधारो मासु लिन आए दिइएन । नगद दिँदा पनि कुखुरा अभाव भयो । राँगा र बुंगुरमा पनि मासुको बिक्री भने बढेपछि बिहानै दुइपटक काटिन्थे ।
मुख्य बजारमै पैदल यात्रु तथा किनमेलहरु ह्रवात्तै घटेपछि भित्रि गल्लीहरु झन् सुनसानै देखिन्थे । त्यहाँका पसलहरुमा एउटा पनि ग्राहक हुँदैन्थ्यो । चाडबाडको अघिल्लो दिन जस्तै मानिन्थ्यो । बरु केहि नयाँ मानिसहरु आवतजावत गरेका थिए । उनीहरु भोट हाल्न बाहिरबाट आएका हुन् । यसरी अहिलेको चुनावमा व्यापार कम, चहलपहल न्यून र बजार मौन रहेको छ ।

सकियो प्रचारको अनुत्पादक रमझम्

एउटा साईकलमा दुइवटा डोका दुईतिर झुण्ड्याएर बल गरेर पैदल मार्दै बजारतिर पस्न लागेको विद्युत चोक अगाडि भेटिए । घोराही बजार भित्रिंदै गरेका तिनले असजिलो देखिने गरी आङ बटार्थे । तिनको भारी सहितको यात्रामा बाध्यताले कसिलो भएको मजबुत र परिश्रमी देखाउँथ्योे ।

त्यसै बेला एउटा मोटरसाइकल दुईवटा झण्डा फहराउँदै आयो । त्यो खुसीसाथ सररर गुडेको थियो । उसलाई झन् बढि हतार भएको स्पिडले देखाउँथ्यो । साईकलको डोको र बाइकको झण्डाले वर्गीय असमानता बुझाउँथ्यो । उनीहरु बिचमा सजिलै गड्ने र पसिना बगाउने बिच ठूलै अन्तर थियो ।

अलिक अगाडि तुल्सीपुर तर्फ बढ्दा साइकलको सिटमा दोकानको सामानको पेटी बाँधेकी युवती छेउछेउ हिंड्दैथिइन् । त्यसको माथि डब्बाहरु प्लाष्टिकको पोकोमा थिए । अनि काँधमा फित्ता लगाएको झोला बोकेकी थिइन् । निकै जतन साथ लोड सहितका साइकल बजारबाट फर्किंदै थिइन ।

उनलाई धुलो खुवाउँदै एउटा सेतो कार, अर्को स्कार्पियो, अर्को सानो भ्यान झण्डा हल्लाउँदै अघि बढे । नारायणपुर पुग्नै लाग्दा ठूलै हुल जम्मा भएको थियो । विहान करीब आठ बजेतिरै सडक किनारमा धेरै मानिस जुटेका थिए । प्रहरी चौकी नजिक एउटा ढालावाल कार थियो । अर्को मोटर साइकल दलको झण्डा फहराउँदै थियो । साइकललाई जत्तिकै असजिलो थिएन ।

यसैगरी खैरा बजार पुग्दा तिनवटा झण्डावाल अटो भेटिए । मज्गैँमा झण्डावाल कार तयारी अवस्थमा थियो । पत्रेखोलाको ओरालोमा सानो भ्यान झण्डा फहराउँदै आयो । दुधरासमा चार वटा बाइक तिनवटा अटो फरकफरक पार्टीका झण्डा फहराउँदै थिए । हेमन्तपुर पुग्दा सार्वजनिक बस झण्डा हल्लाउँदै आयो ।

भ्यानमा एकजना झण्डा हल्लाउँदै नाचिरहेका थिए । तिनको जोसमा बच्चाहरुले पनि झण्डा खेलाउँदै रमाएका थिए । वडा कार्यालय नजिक तिन वटा झण्डावाल अटो तयारी अवस्थामा थिए । यसरी धेरै सवारी चुनावमै थिए ।

बिजौरी पुग्नै लाग्दा पिपलको बुटामुनी दक्षिणतर्फ एक हुल मानिस थिए । उनीहरु चुनाव प्रचारमा हिंडेको अनुमान गर्न सकिन्थ्यो । बिजौरी बजारका केहि विद्युतका पोलमा पार्टीका झण्डा फहराएका थिए । पर्सेनी पुग्दा ठूलठूला डेग बोकेको भ्यान आयो । चार वटा जति अटोहरु झण्डा फराउँदै थिए । राजापुरको उकालोनेर पुग्दा चारपाँच वटा झण्डावाल मोटरसाइकल देखिए ।

यसैगरी हात्तिखवा पुग्दा सडकको दक्षिणतर्फ कारमा झण्डा फहराई रहेको थियो । तुलसीपुर बजार पुग्दा मोबाइलमा कुरा गर्नै नमिल्ने गरी धमकाका साथ डेग बजिरहेका थिए । एउटा यता जान्थ्यो अर्को उताबाट आउँथ्यो । भाषण गर्थे, गीत बजाउँथे । तिहारको देउसी भैलोको रमझम बिर्साउने वातावरण थियो । घोराहीबाट तुल्सीपुर पुग्दा यसरी धेरै पार्टीका झण्डावाल सवारी र गतिविधि देखिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै डेग बजाएको समाचार बनाएपछि केहि सुधार भएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार बजारमा ठूला साउण्ड बक्सहरु राखेर गाडि घुमाइए । जहाँ गाडि पुग्छ त्यसक्षेत्रमा आपसी कुरा गर्न पनि मिल्दैन्थ्यो । उहाँले भनेजस्तै बजार भरी धेरै पार्टीका अटो, बाइक, भ्यान तथा गाडि गुडिरहेका थिए । थररर थर्काउने जोडले चुनावी गीत बजाउँदै भोट मागिरहेका थिए ।