• मंसिर २० २०८१, बिहीबार

निर्वाचनमा मतदाताले विवेक प्रयोग गरुन

बैशाख २९ २०७९, बिहीबार

देशैभर स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न हुँदैछ। पाँच वर्षपछि हुँदै गरेको निर्वाचनमा यो पटक मतदाताले विवेक प्रयोग गर्नु पर्नेछ । २०७२ मा जारी नेपालको संविधानले परिकल्पना गरेको एउटा नयाँ तह पनि भएकाले यो निर्वाचनले स्थानीय तहलाई थप संस्थागत बनाउन भूमिका खेल्नेछ। अर्कोतिर यसैको आडमा हाम्रो चुनाव र लोकतन्त्र पनि थप परिपक्व बन्दै जानेछन्।

यो समयमा मतदाताले विवेक प्रयोग गरेको मतल भोलीका दिनमा पछुताउनु पर्ने अबस्थाको नआओस् । यो निर्वाचनमा आफ्नो विवेक संयम भएर प्रयोग गर्न सके स्थानीय तहलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।

निर्वाचनका लागि काठमाडौं लगायतका मुख्य सहरहरुबाट मतदाताहरु आफ्नो पालिकामा पुगेको खबर सार्वजनिक भइहरेका छन् जुन सुखद छ । यो पटकको निर्वाचनमा विगत पाँच वर्षको समिक्षा गरेर मतदाताले जनप्रतिनिधिहरु चुन्ने छन् । निर्वाचनको क्षण नजिकिँदै गएको अहिलेको समयमा मतदातामाथि सबैको आँखा छ। उनीहरुको विवेक प्रयोगले नै आगामी दिनमा आफ्नो स्थानीय तहदेखि वडासम्मका जनप्रतिनिधि कस्तो हुनेछन् भन्ने निर्क्यौल गर्ने छ।  हरेक पाँच वर्षमा मतदाताले स्थानीय तहमा आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकार सहि ठाउँमा गर्नेनै छन् । मान्छेको जीवनयापन र दैनिक रुपमा आइपर्ने प्रशासनिक कामलाई सहज बनाउने विषयमा स्थानीय तहले खेलेको भूमिका सर्हानीय छ । कोरोना महामारीमा स्थानीय तहले खेलेको भूमिका अतुलनीय छ ।

स्थानीय तहका उम्मेदवारहरुले व्यक्तिगत र पार्टीगत रुपमा ल्याएको घोषणापत्रमार्फत आफ्नो योजनाहरु प्रस्तुत गरेका छन् । भोलीका दिनमा कति पुरा गर्लान् त्यो हेर्न बाँकी नै छ । उम्मेदवारहरुले ल्याएको योजनाका विषयमा बहस र छलफल पनि भइरहेका पनि छन् । उनीहरुले ल्याएको योजनाको विषयमा अहिलेदेखि बहस हुनु भनेको भोलिका दिनमा निगरानी गर्नका लागि सहयोगी हुनेछ । यसपटक पाँच वर्षअघिको मतदानबाट पाठ सिकेर मतदाताले स्वतन्त्र र निर्भिक रुपमा आफ्नो विवेक प्रयोग गर्नेछन् भन्ने अपेक्षा हामी गर्दछौं।