• फाल्गुन २६ २०८२, मंगलवार

फुटबलमा युक्रेनी खेलाडीले जर्मन क्लबलाई हराए

बैशाख २९ २०७९, बिहीबार

काठमाडौं । रुससितको युद्धमा पराजित हुँदै गएको युक्रेनले खेलमा भने विजय प्राप्त गरेको छ । युक्रेनको पुरुष फुटबल टिमले बुधबार राति च्यारिटी खेलमा जर्मन क्लब बोरुसिया  मोन्चेनग्लाडबचलाई २-१ ले हराएको छ ।

युक्रेनले विश्वकप छनोट प्लेअफको तयारीस्वरूप जर्मन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । रुसले आक्रमण गरेपछि युक्रेनले पहिलोपटक फुटबल खेलेको हो ।

खेलमा २० हजार दर्शक उपस्थित थिए । खेलबाट उठेको रकम द्वन्द्वबाट प्रभावितको सहयोगार्थ काम गरिरहेका संस्थाहरूलाई प्रदान गरिनेछ ।

खेलमा युक्रेन नागरिकलाई भने निःशुल्क प्रवेश दिइएको थियो । युक्रेनले प्लेअफको सेमिफाइनलमा स्टकल्यान्ड विरुद्ध आउँदो जुन १ तारिखमा प्रतिस्पर्धा गर्नेछ । विजयी टोलीले प्लेअफ फाइनलमा वेल्सविरुद्ध खेल्नेछ ।

प्लेअफ सेमिफाइनल खेल सुरुमा मार्च २४ मा हुने भनिएको थियो । युक्रेनले पछिल्लोपटक नोभेम्बरमा खेलेको थियो । बोस्निया हर्जगोभिनालाई २-० ले हराएपछि युक्रेनले प्लेअफमा स्थान पक्का गरेको थियो ।