काठमाडौँ। साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ८ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।