• मंसिर ८ २०८१, शनिबार

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलासहित ३ जना पक्राउ

बैशाख २९ २०७९, बिहीबार

काठमाडौं । नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहितको ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको एसपी सुरेश काफ्ले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ । केहि दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा (बहुमत) गठन गरेका छन् ।

बास्तोला उक्त पार्टीको संयोजक हुन् । बास्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित रुपमा निर्वाचनमा भाग लिएको छ । प्रहरीले निर्वाचन बहिस्कार गर्ने समूहलाई निगरानी गरिरहेको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।