• मंसिर ८ २०८१, शनिबार

आचारसंहिता उल्लघंन गर्नेलाई आयोगको स्पष्टीकरण मात्रै, कारबाही हुँदैन किन ?

बैशाख २९ २०७९, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजु राणादेखि काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापित हुँदै २ सय ५ जनालाई स्पष्टीकरण सोध्यो ।

तर आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताउँदै कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए । आयोगले उनलाई स्पष्टीकरण सोधेर निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै कारबाही नगरी सफाइ दियो ।

आयोगले स्पष्टीकरण सोधेर चर्चामा आउने तर आचारसंहिता उल्लंघनमा कसैलाई कारबाही नगर्ने गरेको छ । उल्टो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनको सवालमा स्पष्टीकरण सोधिनुलाई नै कारबाही भएको बताएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।