काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरे । निर्वाचनको सबै तयारी पूरा भइसकेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आग्रह गरे ।
मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएकाले निर्धक्कसाथ मतदानमा सहभागी हुन उनले आग्रह गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।