काठमाडौं । जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार राति १२ बजे देखि भारतसँग सिमाना जोडिएका सबै नाका सिल गरेको जनाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै इलाम जिल्लाका सम्पुर्ण अन्तर्राष्ट्रिय नाकाहरु मंगलबार राति १२ बजे देखि शुक्रबार राति १२ बजेसम्म बन्द गरेको जानकारी दिएका हुन् ।
प्रशासनले राति १२ बजे देखि शुक्रबार मतदान नसकिए सम्मका लागि मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवनमा पूर्ण रुपमा निसेध गरेको जनाएको छ ।
स्थानीय तह निर्वाचन निदेशीका २०७८ को दफा ७१ मा भएको व्यवस्थाको प्रभावकारी कार्यानवायनका लागि मंगलबार राती १२ बजे देखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि जिल्लाका सबै क्षेत्रमा मदिराजन्य पदार्थको विक्री, वितरण तथा सेवनमा पूर्ण रुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।