काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पएकाले नमान्ने स्पष्ट धारणा राखेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय सञ्चालक नेपाल ९एनप्याब्सन० का सहअध्यक्ष सुवास न्यौपानेले जनाए ।
एक शैक्षिक सत्रमा एक सय ८० दिन कक्षाकोठामा शिक्षण सिकाइ हुनुपर्छ भने एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ ।
‘मन्त्रालयमा भएको छलफलमा हामी निजी शैक्षिक सञ्चालकहरूका तर्फबाट हामीले दुई दिन बिदा नमान्ने धारणा स्पष्ट राख्यौं,’ सहअध्यक्ष न्यौपानेले भने, ‘कि त पाठ्यक्रमले निर्धारण गरेको विषयबस्तु घटाउनुपर्यो, नत्र निजी विद्यालयले शनिबार मात्र एक दिन बिदा गर्छ भनी हामीले स्पष्टसँग कुरा राख्यौं ।’
उनले थपे, ‘नेपालको सन्दर्भमा जातीय, पर्व, आकस्मिकलगायतका बिदा त्यसै धेरै छन् । शनिबार एक दिन बिदा दिँदा त विद्यार्थीहरू पढाएको विषयबस्तु भुल्ने गर्छन्, दुई दिन बिदा विद्यार्थीको शिक्षण सिकाइमा नकरात्मक असर पर्छ । सिकाइ अपुरो हुन्छ । सरकारको यो निर्णय हामी मान्दैनौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।