• मंसिर १४ २०८१, शुक्रबार

दोर्दी खोलाको आईपीओमा आवेदन दिने म्याद थप

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओमा आवेदन दिने समय थप गरेको छ।

यही वैशाख १३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीले जेठ ५ गतेसम्म आवेदन दिन सक्नेगरि समय थप गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो । सो सेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।