• मंसिर १४ २०८१, शुक्रबार

२५ करोडको प्याज भित्रियो, डेढ करोडको प्याज बाहिरीयो, अनि बन्छ देश धनी ?

बैशाख २४ २०७९, शनिबार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ५१ लाख ८५ हजार किलोग्राम प्याज आयात भएको छ । भन्सार विभागले ९ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भारत र चीनबाट उक्त परिमाणको प्याज आयात भएको जानकारी दिएको हो ।

साउनदेखि चैत महिनासम्मको अवधिमा प्याज आयातमा २५ करोड ७ लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ । यसबापत सरकारले २ करोड २८ लाख ८२ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।

आयातित प्याजमध्ये ८० प्रतिशत प्याज भारतबाट आउने गरेको छ । भारतबाट यस अवधिमा २१ करोड ९८ लाख रुपैयाँको प्याज आयात भएको छ भने चीनबाट ३ करोड ९ लाख रुपैयाँको प्याज भित्रिएको तथ्यांक छ ।

यस्तै, यस अवधिमा नेपालबाट २६ हजार किलोग्राम प्याज निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट १ करोड ६० लाख रुपैयाँ बराबरको प्याज निर्यात भएको हो ।