काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । विप्लवसँग असन्तुष्ट पक्षले तीन दिनसम्म गरेको भेलाले पार्टी नाम नै परिवर्तन गर्दै छुट्टै नवौं महाधिवेशन आयोजक समिति निर्माण गरेको छ ।
चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले जानकारी दिए ।
नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (बहुमत( राखिएको छ । भेलाले राजनीतिक दस्तावेज पारित गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ भने समाजवादी क्रान्तिको कार्यदिशा तयार पारेको बास्तोलाले बताए । भेलाबाट स्वाधिन संयुक्त सरकार कार्यनीति पास गरेको उनको भनाइ छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।