• मंसिर ८ २०८१, शनिबार

सशस्त्र प्रहरी बलको एआईजीे बढुवामा राजनीतिक चलखेल !

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो ।

त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१)को (क) बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ । समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईजीपीका लागि उम्मेदवार बनाउने हिसावले एक पदमा मात्रै बढुवा गरिएको सरोकारवालाहरू बताउँछन् ।

नाम नबताउने शर्तमा सशस्त्र प्रहरीका पूर्वउच्च अधिकारी भन्छन्, ‘यहाँ त सिधै चलखेल भएको छ । खाली भएका दुर्इटा ठाउँमा एउटाको मात्रै बढुवा सिफारिस गर्ने कारण के हो रु सम्बन्धित पक्षले जवाफ दिनुपर्छ । नियतबस पौडेललाई एआईजी बनाएर भावी आईजीपीका लागि तयार गरिएको हो ।’

सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका हुन् ।

वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधि पद्धति कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामू निरीह देखिएका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।