काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३१ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ ।
ऊर्जा मन्त्रालयले हालै सार्वजनिक गरेको चैत मसान्तसम्मको प्रगति विवरणमा चालु आवको लागि ९८ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर, ९ महिनाको अवधिमा ३० अर्ब अर्थात् ३१.०२ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म २१ सय ९१ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रणालीमा जडान भएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार चैत मसान्तसम्म स्वदेशी जलविद्युत् आयोजनाबाट उत्पादित २१ सय ९१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको हो ।
मन्त्रालयले चालु आर्थिक वर्षको चैतमसान्तसम्म प्रतिव्यक्ति विद्युत् खपत २ सय ६० किलोवाट आवरबाट अहिले ३२५ किलोवाट आवर पुगेको जनाएको छ । पछिल्लो समय प्रतिव्यक्ति ६५ किलोवाट आवर अर्थात् ६५ युनिट विद्युत् खपत बढेको छ । यो समाचार नागरिक दैनिकमा छ ।