काठमाडौँ। साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १४ सयले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।