• फाल्गुन २६ २०८२, मंगलवार

भारतका प्रधानमन्त्री मोदीद्धारा डेनमार्ककी रानीसँग भेटवार्ता

बैशाख २१ २०७९, बुधबार

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा गएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन् । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेका प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गरिएको रात्रीभोजमा समेत सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्धितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरे । एक दिने डेनमर्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गरेको थियो । मोदीले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरुको बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।