एजेन्सी । गाउँकै चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् ।
भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ । यो घटनाको एफआइआर ३ अप्रिल दिउँसो दुई बजे दर्ता गरिएको छ । यसमा बलात्कारको आरोप लगाइएको छ । गाउँका चारजना युवक चन्दन, राजभान, हरिशंकर, महेन्द्र चौरासिया, बालिकाकी काकी र पाली थानाका एसओ तिलकधारी सरोजको नाम लेखिएको छ ।
अभियुक्तमाथि २२ अप्रिलमा बालिकालाई ललाई फकाई गरी, लुकाएर भोपाल ल्याएर तीनदिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।
सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको बीबीसीले जानकारी दिएको छ । घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।