• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, ६ घाइते

बैशाख २१ २०७९, बुधबार

एजेन्सी । युक्रेनमा मंगलबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए ।

त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ ।

प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।