• मंसिर १४ २०८१, शुक्रबार

रिभर फल्स पावरको आईपीओ बैशाख २८ गतेदेखि निष्कासन हुने

बैशाख २० २०७९, मंगलवार

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बैशाख २८ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ ।