काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार प्रतोतोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी स्थिर रहेर मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।