• मंसिर ८ २०८१, शनिबार

दुर्गम गाउँमा हेलिकोप्टरबाट बीउ छर्ने र सिँचाइ गर्ने चुनावी एजेण्डा

बैशाख २० २०७९, मंगलवार

काठमाडौं । सोमबार फेसबुक ट्विटर लगायतका सामाजिक सञ्जाल एउटा एकपाने चुनावी घोषणापत्रले रंगिए । घोषणापत्रमा रहेका आठबुँदालाई लिएर गम्भीर संवादको साटो बढी हाँसिमजाक चलिरहेको थियो । धेरैले त्यसमा भएका अजेन्डालाई उडाइरहेका थिए ।

सो घोषणापत्र प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका एक उम्मेदवारको हो । जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा ‘हर हर ठकुराठी, घरघर ठकुराठी’ नारा दिएका छन् । सो घोषणापत्रको पहिलो बुँदामा दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकताको पूर्ति गरी आवश्यक संरचना बनाएर नगरपालिका घोषणा गर्ने उल्लेख छ ।

दोस्रो बुँदामा चारवर्ष भित्रमा गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डावाहक पानी जहाज चलाइने राखिएको छ भने, तेस्रो बुँदामा जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई ३६५ दिन नै दसैं मनाउने वातावरण मिलाउने उल्लेख छ ।

यस्तै नम्बर बुँदा सबैभन्दा बढी रोचक छ । जसमा उल्लेख गरिएको छ, ‘कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ ।’ यो समाचार नागरक दैनिकमा छ ।