काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ ।
यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो ।
कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो ।
माओवादी केन्द्रले उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गर्ने छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।